काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक (मौका) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले उही २ र ३ साउनमा सञ्चालन गरेको मौका परीक्षाको नतिजा बिहीबार राति सार्वजनिक गरेको हो ।
सार्वजनिक भएको परीक्षाको नतिजाअनुसार ८१.१९ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । बोर्डका अनुसार परीक्षामा कुल ७१ हजार ३१० जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ५८ हजार ८९७ जना विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् ।


































