काठमाडौं । सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेस संसदीय दलको बैठक बोलाएका छन् । संसदीय दलका नेतासमेत रहेका शाहले बुधबार दिउँसो २ बजे बस्ने गरी दलको बैठक बोलाएका हुन् ।
बजेटको विषयमा विवाद बढेपछि शाहले ३१ असारमा एमालेका चार मन्त्रीलाई पदबाट बर्खास्त गरेका थिए । सोही दिन एमालेले शाह सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहले बिहीबार स्वतस् पदमुक्त हुनेछन् । तर, शाहले अल्पमतमा परेको २९औं दिनमा बुधबार कांग्रेस संसदीय दलको बैठक बोलाएका हुन् ।
नेपाली कांग्रेसकी प्रमुख सचेतक सरस्वती खड्काले दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश सरकारका विषयमा निर्णय हुने बताइन् । उनकाअनुसार शाहले पदबाट राजीनामा दिनेछन् ।


































