पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाउने पति पक्राउ

कर्णाली । पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्ने पतिलाई पक्राउ गरिएको छ । भेरीगङ्गा नगरपालिका–१३ सुर्खेत रामघाट निवासी ५० वर्षीय महेश्वरी रानालाई शरीरमा पेट्रोल छर्केर आगो लगाउने उहाँका पति ४९ वर्षीय जयबहादुर रानालाई प्रहरीले पक्राउ गरेको हो ।

मङ्गलबार बेलुका ५ः०० बजे शरीरमा पेट्रोल छरी आगो सल्काएको अवस्थामा १८ वर्षीया छोरी पुष्पा रानाले आमाको शरीरमा लागेको आगो निभाएकी हुन् ।

तत्काल शरीरको आगो निभेपछि छोरी पुष्पाले आमाको उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेत पुर्याएका थिए । अनुहार, घाँटी र शरीरको विभिन्न भागमा करिब ३६ प्रतिशत जलेको अवस्थामा रानालाई अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए ।

उनका अनुसार महेश्वरीलाई थप उपचारका लागि मङ्गलबार नेपालगन्ज सिफारिस (रेफर) गरिएको र त्यहाँ पनि सम्भव नहुने देखिएपछि राति ११ः३० बजे भारतको लखनउ रेफर गरिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित