भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री कार्कीसँग १५ लाख धरौटी माग

 

काठमाडौं । विशेष अदालतले पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग भ्रष्टाचार मुद्दामा १५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

सोमबार (साउन २५) भएको सुनुवाइपछि न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले कांग्रेसका नेतासमेत रहेका कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश गरेको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचारको दाबीसहित कार्कीसहितका प्रतिवादीविरुद्ध तीन अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । भ्रष्टाचार मुद्दाको बयान र थुनछेक प्रयोजनका लागि कार्की विशेष अदालतमा हाजिर भएका थिए ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित