काठमाडौं । सरकारले विद्युतीय एम्बुलेन्स र शव वाहनमा मूल्य अभिवृद्धि कर ९भ्याट० पूर्ण रुपमा छूट दिने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालभित्र पैठारी हुने वा स्वदेशमै उत्पादन हुने विद्युत्बाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने भ्याट पूर्ण रुपमा छूट दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए।
त्यस्तै, मन्त्रिपरिषद्ले नेपालभित्र पैठारी हुने वा स्वदेशमै उत्पादन हुने विद्युत्बाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने पूर्वाधार लगानी शुल्क पनि छूट दिने निर्णय गरेको उनले जानकारी दिए। अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले यस्तो निर्णय गरेको हो।
स्वास्थ्य सेवालाई थप सुलभ बनाउन र वातावरणीय संरक्षणलाई बढवा दिन सरकारले कर छूटको निर्णय गरेको पोखरेलको भनाइ छ।

































