हिमाल आरोहणका क्रममा ५ जनाको मृत्यु

काठमाडौं । जारी वसन्त ऋतुको हिमाल आरोहणका गतिविधिमा अहिलेसम्म ५ जनाको ज्यान गएको छ । पर्यटन विभागका अनुसार सगरमाथा क्षेत्रमा तीन र मकालु हिमाल क्षेत्रमा २ आरोहीको मृत्यु भएको हो ।

विभागका अनुसार २० वैशाखका दिन सगरमाथा आधार शिविर क्षेत्रमा माउन्टेन गाइड लाक्पा डेन्डी शेर्पाको निधन भएको छ । २७ वैशाखका दिन अर्का माउन्टेन गाइड विजय घिमिरेको खुम्बु आइसफल क्षेत्रमा मृत्यु भएको छ।

२८ वैशाखका दिन माउन्टेन गाइड फुरा गेल्जेन शेर्पाको सगरमाथाको तेस्रो शिविरमा ज्यान गएको छ । यसअघि २१ वैशाखका दिन मकालु हिमालमा आरोही डेभिड रुविनेकको मृत्यु भएको थियो ।

मकालु हिमालमै २८ वैशाखका दिन आरोही जोहानेसेन शेलीको मृत्यु भएको छ । जारी वसन्त ऋतुमा हिमाल चढ्न बढी संख्यामा आरोही आउने गर्छन् ।

 

सोहीकारण यो सिजनमा मानवीय क्षति समेत अधिक हुने गर्छ । हिमालमा उचाइका कारण हुने समस्याले आरोही तथा सहयोगी जनशक्तिको मृत्यु हुने गर्छ । यसबाहेक प्राकृतिक कारण समेत अर्को समस्या बन्ने गर्छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित