पोखरा फाइनान्सबाट निकालिए सीईओ गुरुङ

काठमाडौं । पोखरा फाइनान्सको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङलाई पदमुक्त गरेको छ।

सञ्चालक समितिको बुधबार बसेको बैठकले सोही दिनबाट लागू हुने गरी सीईओ गुरुङलाई पदमुक्त गरेको हो।

समितिले गुरुङलाई हटाएर कामुको जिम्मेवारी नायब प्रमुख कार्यकारी अधिकृत राजु मोहन भट्टराईलाई दिएको छ। उनलाई कायममुकायम कार्यकारी प्रमुखको रुपमा नियुक्त गरिएको हो। यसअघि समस्याउन्मुख भएको भन्दै पोखरा फाइनान्स राष्ट्र बैंकको कारबाहीमा परेको थियो।

राष्ट्र बैंकले स्थलगत निरीक्षणको क्रममा सञ्चालक समितिले संस्थाको कामकारबाहीमा निगरानी नगर्दा समस्याउन्मुखको अवस्थामा पुगेको भन्दै सञ्चालक समितिलाई सचेत गराएको थियो। लगत्तै बैंकले फाइनान्सको सीईओ गुरुङलाई सहुलियतपूर्ण कर्जा दुरुपयोग भएको तथा राष्ट्र बैंकबाट जारी सहुलियपूर्ण कर्जासम्बन्धी मार्गदर्शन उल्लंघन गरिएको भन्दै पहिलो पटकका लागि सचेत गराएको थियो।

उनीसँगै ८ वटा फाइनान्सका सीईओलाई राष्ट्र बैंकले सचेत गराएको थियो। सीईओको काममा कैफियत देखिएपछि सञ्चालक समितिबाट गुरुङलाई बर्खास्त गरिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित