दक्ष जनशक्ति उत्पादनमा ‘लिंकन’को लगाब

काठमाडाैं । देशमा जागिर खाइदिने मान्छे भएनन् । विदेशबाट ल्याएर काम गराउनुपर्यो । कयौं पटक भ्याकेन्सी निकाल्दा समेत दक्ष जनशक्ति पाएका छैनन् ।

यो भनाइ लिंकन एकेडेमी अफ कुलिनरि एण्ड हस्पिटालिटी म्यानेजमेन्टका प्रबन्ध निर्देशक शिवनाथ कडरियाको हो। देशकै विविन्न हस्पिटालिटी क्षेत्रमा १० वर्षभन्दा लामो समयसम्म काम गर्दा उनले कयौं पटक सामना गरेको समस्या थियो यो ।

देशकै हस्पिटालिटी क्षेत्रले दक्ष कामदारको समस्या भोगिरहेको थियो र अहिले पनि छ । देशका उत्कृष्ट भनिएका फाइभ स्टार र लक्जरियस होटलको उच्च व्यवस्थापनमा अधिकांश विदेशी नै हावी छन् । चाहे ती भारतीय हुन् वा तेस्रो मुलुकका ।

तालिम र अभ्यासका लागि विदेशी दक्ष जनशक्ति चाहिन्छन् । तर, देशको हस्पिटालिटी क्षेत्रको बागडोर अब नेपालीले नै सम्हाल्नुपर्छ भन्ने सोचमा थिए शिवनाथ । त्यही सोच लिएर उनले दक्ष जनशक्ति उत्पादन गर्ने र उनीहरूलाई स्वरोजगार बनाउनतर्फ लागे, लिंकन एकेडेमी अफ कुलिनरि एण्ड हस्पिटालिटी म्यानेजमेन्टमार्फत ।
२०७४ सालमा स्थापना भएको एकेडेमीलाई कडरियासहितको दक्ष र अनुभवी टिमले सम्हाल्यो ।

नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको एकेडेमीलाई नेपाल सरकारको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) र मलेसियाको युरोस्किल टेक्निकल एण्ड भोकेसनल ऐकेडेमी (ईटीभीए)ले अध्यापन र तालिमको अनुमति दिएको छ ।

हस्पिटालिटी सम्बन्धी विभिन्न २५ वटा कोर्सको अध्यापनको लागि सम्बन्धन पाएको लिंकनमा कडरिया आफैँले बारिस्टा र किचेनको कक्षा लिइरहेका छन् । व्यवस्थापनमा सक्रिय रहेकाले अन्य कोर्सहरू लिन भ्याएका छैनन् । त्यसका लागि अन्य अनुभवी शिक्षकहरु छन् ।

LICON.3jpg https://newskhari.com/storage/2024/11/LICON.jpg

कडरिया भन्छन्, ‘देशकै प्रतिष्ठित हस्पिटालिटी म्यानेजमेन्ट कलेज न्याथमबाट मास्टर्स गरेर १० वर्षभन्दा बढी अनुभव भएका र अन्तर्राष्ट्रिय स्तरका होटेल तथा रिसोर्टहरुमा लामो समयसम्म कामको अनुभव लिएर आउनुभएकाहरु हाम्रो टिममा हुनुहुन्छ ।’

लिंकन एकेडेमीले सैद्धान्तिक शिक्षा २० प्रतिशत र प्रयोगात्मक शिक्षा ८० प्रतिशत दिने गरेको छ । त्यतिमात्र नभएर देशकै चर्चित र लक्जरी होटलहरूमा इन्टर्नको रुपमा समेत विद्यार्थीलाई पठाउँछ, जसले विद्यार्थीलाई भविष्यमा हस्पिटालिटी क्षेत्रमा काम गर्दा समेत सहज हुने शिवनाथको विश्वास छ ।

नेपालमा मात्र नभएर विदेशमा समेत इन्टर्नसिपका लागि विद्यार्थी पठाउने गरेको छ लिंकनले । नेपाल सरकारले श्रम स्वीकृति दिने देशहरूमा निश्चित शुल्क लिएर पठाए पनि ती विद्यार्थीहरुले इन्टर्नसिप सकिएपछि स्वदेश फर्कने प्रतिबद्ध हुनुपर्ने उनको भनाइ छ।

शिवनाथ आफूले उत्पादन गरेका जनशक्ति नेपालकै हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्तिको रुपमा काम गरुन् भन्ने चाहन्छन् । यद्यपि विदेशमा काम गर्न चाहने विद्यार्थीका लागि समेत लिंकनले सहजीकरण गर्दै आएको छ ।

‘नेपाल र विदेश दुवै ठाउँमा जब प्लेसमेन्टको काम हामीले गर्छौँ,’ उनी थप्छन्, ‘श्रम तथा रोजगार मन्त्रालयमा समेत दर्ता भएकाले हामीले डकुमेन्टेसनको काम समेत गर्ने गरेका छौँ ।’

नेपालमा हस्पिटालिटी क्षेत्रले प्रगति गर्दै गरेको अवस्थामा विद्यार्थीहरूले विदेशमा गएर थप सीप सिकेर आउन् भन्ने चाहन्छन् उनी । विदेशमा नेपाली दक्ष जनशक्तिको माग बढेकाले लिंकन जस्ता संस्थाहरू अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरूसँग आबद्ध भएका छन् ।

तालिम अनि जनशक्ति
लिंकनमा विभिन्न भोकेसनल कोर्स पूरा गरेकाहरूमध्ये अधिकांश विदेश जाने गर्छन् भने केहीले आफ्नै व्यवसाय समेत सञ्चालन गरेका छन् । त्यसरी आफ्नै व्यवसाय खोल्न चाहनेका लागि १५ दिनदेखि तीन महिनासम्मको तालिम समेत उपलब्ध गराउँछ लिंकनले । १५ दिनको तालिम लिएकाहरू अर्थोपार्जनमा समेत अग्रसर भएको शिवनाथ बताउँछन् ।

१५ दिनदेखि एक महिनाको कफि मेकिङको तालिम लिएका व्यक्तिहरू बेरोजगार भएर बस्नु पर्दैन, यो हाम्रो विश्वास हो,’ प्रबन्ध निर्देशक कडरिया भन्छन्, ‘कुनै व्यक्तिले तालिम लिएर आफ्नै व्यवसाय खोल्न चाहन्छ भने पनि एकेडेमीले सहयोग गर्छ ।’

LICON.2 https://newskhari.com/storage/2024/11/LICON.jpg

लिंकनबाट ४५ दिनको बार टेन्डिङको कोर्स गरेकाहरुले आधारभूत तहको बार टेन्डिङ सम्हाल्न सक्छन् । त्यसबाट स्वरोजगार हुने र पकेट खर्चको लागि परिवारको भर पर्नु नपर्ने कडरियाको भनाइ छ ।

तीन देखि छ महिनाको होटल लाइनको तालिम लिँदा कुनै पनि होटलमा भाँडा माझेर जागिरको सुरुवात गर्न नपर्ने उनको दाबी छ । त्यस्ता व्यक्तिले सानो लगानीमा आफ्नै काम पनि सुरु गरेर सफल भएका छन् ।

विद्यार्थी
एकेडेमीसँग एक वर्षमा १२० जनासम्म विद्यार्थीलाई अध्यापन गराउने क्षमता छ । एक वर्षमा दुई सेमेस्टरमा विद्यार्थी भर्ना गर्ने गरिएको छ । यसमा पनि विभिन्न तालिम अनुसारको समयावधि फरक हुने गरेको छ । कुनै विद्यार्थीले १५ दिनको मात्र तालिम लिने गरेका छन् भने कतिले एक महिना वा कतिले दुई वर्ष । तेसैले पनि भर्ना अवधि एकिन हुँदैन ।

कलेजहरूले कक्षा ११ र १२ तथा बीएचएममा पढ्ने विद्यार्थी पठाउँदा होटल म्यानेजमेन्टको तालिम लिंकनले आफ्नै संस्थामा गराउँछ भने कलेजहरूमा गएर त्यहाँकै किचन ल्याबमा समेत सर्भिसहरूको टिप्स र टेक्निक, कफि मेकिङ, बार ट्रेन्डिङ, किचनको कच्चा पदार्थ लगायतको तालिम गराउने गरेको छ ।

पढ्दै कमाउँदै
पढ्न आउँदा विद्यार्थीलाई भर्नाका लागि १० हजार रुपैयाँ लिने गरेको छ । त्यसका लागि एकेडेमीले सहुलियत रुपमा सुविधा को उपलब्ध गराएको छ ।
यसका साथै विहानी कक्षामा भर्ना हुने विद्यार्थीका लागि एकेडेमीले नै रोजगारी समेत उपलब्ध गराइदिएको छ । त्यसले गर्दा विद्यार्थीलाई किस्ता तिर्न समेत समस्या नहुने गरेको सञ्चालक सदस्य जितेन्द्र खड्काकाे भनाइ छ । व्यक्ति इमान्दार भए काम गर्न र पढ्न पैसाकै कारण रोकिनु नपर्ने खड्काकाे तर्क छ ।

सामाजिक उत्तरदायित्व स्वरुप आफूहरुले त्यस्ता जेहेन्दार र इमान्दार विद्यार्थीका लागि विशेष छुट र छात्रवृत्ति समेत उपलब्ध गराउने गरेको उनको भनाइ छ ।

6275596f a074 467d a280 ec64562e1345 https://newskhari.com/storage/2024/11/LICON.jpg

एकेडेमीले अहिले ३० हजार रुपैयाँसम्मको छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । इमान्दार र जेहेन्दार विद्यार्थीका लागि काठमाडौंमा बसेर खान तथा पढ्नको लागि पुग्ने पुग्ने सहयोग हुन्छ ।

युवाको आकर्षण
औपचारिक शिक्षा लिएर पढ्दा लामो समय लाग्ने हुँदा युवाहरूको आकर्षण कुलिनरी आर्ट र भोकेसनल कोर्समा बढेको छ ।
यद्यपि कतिपयले भने औपचारिक पढाइ सँगसँगै सीपमुलक तालिमको रुपमा पनि यस्तो कोर्सहरू गर्ने गरेका छन् । यसले कुनै पनि व्यक्तिलाई छिट्टै रोजगार बनाउन मद्दत गर्ने भएकाले पनि युवाहरू यसप्रति आकर्षित भएको प्रबन्ध निर्देशक कडरिया बताउँछन् ।

LICON.4 https://newskhari.com/storage/2024/11/LICON.jpg

शुल्क
एकेडेमीले कोर्सअनुसारको शुल्क निर्धारण गरेको छ । १५ दिनदेखि तीन वर्षसम्मको कोर्सका लागि फरक–फरक शुल्क तोकेको छ । विद्यार्थीलाई आवश्यक पुस्तक, होटल भिजिटका विभिन्न शुल्कहरू समावेश रहनेछ ।

(खरी म्यागजिनबाट)

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित