गंगा सोनम बनिन् छैटौँ नेपाल आइडल

काठमाडौं । सांगीतिक रियालिटी सो ‘नेपाल आइडल’ को छैटौँ संस्करणको उपाधि गंगा सोनमले जितेकी छिन्। आज ललितपुरमा भएको ग्रान्ड फिनालेमा सिन्धुपाल्चोककी सोनम विजेता घोषित भएकी हुन्। अनलाइन भोटिङका आधारमा उनलाई विजेता घोषणा गरिएको हो।

विजेता बनेसँगै उनले नगद २५ लाख रुपैयाँ हात पारिन्। यसपटकको फिनालेमा सोनमसहित सिक्किमबाट बबिता थापा मगर, दार्जिलिङबाट अभिनय खाती, चितवनबाट दर्शना गान्धारी र काठमाडौँबाट मृनल मानन्धर भिडेका थिए।

यस सिजनमा बबिता थापा मगर फर्स्ट रनर अप र दर्शना गान्धारी सेकेन्ड रनरअप घोषित भइन्। फर्स्ट रनर अपले १० लाख र सेकेन्ड रनर अपले ५ लाख पुरस्कार पाएका छन्।

अभिनय खाती चौथो बन्दा मृनल मानन्धर पाँचौ बनिन्। उनीहरू दुवैले १ लाख रूपैयाँ पुरस्कार जिते।

सुरेश पौडेल र एलेन श्रेष्ठ निर्देशक रहेको यस कार्यक्रममा निर्णायकको भूमिकामा न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी थिए।

नेपाल आइडलको पहिलो विजेता बुद्ध लामा हुन्। त्यसपछि दोस्रो सिजनमा रवि ओडले जित्दा तेस्रो सिजनमा सज्जा चौलागाईं विजेता घोषित भइन्। चौथोमा भुपेन्द्र थापा मगरले उपाधि जित्दा करण परियार पाँचौँ संस्करणको विजेता बनेका थिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित