बागलुङको निसेलढोरमा आगलागी : घरसहित ७ पशुचौपाय जलेर नष्ट

स्थानीय सुमन घर्तीमगरका अनुसार आगलागीमा परी २ वटा गोरु, ३ वटा गाई र २ वटा बाच्छाबाच्छी गरी कुल ७ वटा पशुचौपाय जलेर मरेका छन्। गोठमा रहेकामध्ये एक गाईलाई भने सकुशल उद्धार गरिएको छ ।

बागलुङको निसेलढोरमा आगलागी : घरसहित ७ पशुचौपाय जलेर नष्ट
बागलुङ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–५, निसेलढोरको एक घरगोठमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । स्थानीय इन्द्र कठेरको घरगोठमा आगलागी हुँदा भौतिक सम्पत्तिसहित पशुचौपायमा क्षति भएको हो। स्थानीय सुमन घर्तीमगरका अनुसार आगलागीमा परी २ वटा गोरु, ३ वटा गाई र २ वटा बाच्छाबाच्छी गरी कुल ७ वटा पशुचौपाय जलेर मरेका छन्। गोठमा रहेकामध्ये एक गाईलाई भने सकुशल उद्धार गरिएको छ । घर्तीका अनुसार घरको आँगनमा किरा धपाउनका लागि बालिएको आगोको धुवाँले घरमा आगलागी भएको हो । सोही आगोको झिल्का घर गोठमा सल्किँदा आगलागी सुरु भएको थियो । तल्लो तलामा पशुचैपया र माथिल्लोमा कठेरको परिवार बस्दै आएको थियो । निशेलढोर टाढा हुदाँ प्रहरी समेत घटनास्थलमा पुगेको छैन ।