काठमाडौं । दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाएर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने युवक लागुऔषधसहित पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगरले करिब तीन महिनाअघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाउँदै डर–धम्की दिई कुटपिट गरेको भिडियो मंगलबार बेलुका आफ्नै फेसबुक आईडीमार्फत सार्वजनिक गरेका थिए ।
भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले मंगलबार राति रमेशलाई उनकै घरबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ पर्ने क्रममा उनको साथबाट लागुऔषध पाराम्याक्स १ ट्याब्लेट, ट्रोमो ४१ ट्याब्लेट बरामद गरिएको छ।
घटनामा संलग्न रहेको आशंकामा तुलसीपुर–२ बालापुर निवासी २१ वर्षीय जीवराज खत्रीलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
युवतीलाई खुकुरी देखाएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ
भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले मंगलबार राति रमेशलाई उनकै घरबाट नियन्त्रणमा लिएको हो ।

