पेट्रोल–डिजेल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थहरुको खुद्रा मूल्य घटाएको छ।

बुधबारदेखि लागू हुने गरी निगमले प्रतिलिटर पेट्रोलमा २० रुपैयाँ, डिजेल र मट्टितेलमा ३० रुपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फ ४० र अन्तर्राष्ट्रियतर्फ काठमाडौैंको लागि प्रतिकिलोलिटर २ सय ६५ अमेरिकी डलरले मूल्य घटाएको हो।

त्यसैगरी खाना पकाउने ग्यास पनि प्रतिसिलिन्डर १ सय रुपैयाँ सस्तो भएको निगमले जनाएको छ। हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि भने ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम हुने निगमको भनाइ छ।

यसअनुसार अब उपभोक्ताले पेट्रोल प्रतिलिटर १ सय ९७ रुपैयाँ, डिजेल र मट्टितेल १९५ रुपैयाँ तिरे पुग्नेछ । त्यस्तै एलपी ग्यास १४।२ किलोको २०६० रुपैयाँ र ७।१ किलोको १ हजार ३० रुपैयाँ तिर्नुपर्नेछ । हाल अन्तर्राष्ट्रिय बजारमा मूल्यमा सुधार आएकाले नेपालमा पनि मूल्य घटाइएको निगमको दाबी छ।

त्यसो त निगमले अन्तर्राष्ट्रिय बजारमा निकै अघिदेखि नै कच्चा तेलको मूल्यमा सुधार आइसके पनि इन्डियन आयल कर्पोरेसनलाई देखाउँदै मूल्य घटाउन मानेको थिएन।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित