ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ ठगी (फिसिङ र स्क्याम) बाट ग्राहकको निक्षेप सुरक्षित राख्न मोबाइल एपमा लगइन समेत गर्नु नपर्ने गरी सेकेन्डभरमै खाता रोक्का (ब्लक) गर्न सक्ने अत्याधुनिक प्राविधिक प्रणाली सञ्चालनमा ल्याएको छ ।

वित्तीय तथा डिजिटल साक्षरताको अभावका कारण पछिल्लो समय मुलुकभर अनलाइन ठगीका घटनाहरू तीव्र रूपमा बढेपछि निजी क्षेत्रको सबैभन्दा ठूलो यस वाणिज्य बैंकले ग्राहकको मिहिनेतको कमाइ सुरक्षाका लागि यस्तो कडा सुरक्षात्मक व्यवस्था मिलाएको हो ।

बैंकका अनुसार ग्राहकहरूलाई कुनै पनि सम्भावित वित्तीय ठगी, अनधिकृत पहुँच वा खाता ह्याक भएको शङ्का लागेमा बैंकको ग्लोबल कनेक्ट को आधिकारिक नम्बर ०१-५९७०६०० (वा अन्तर्राष्ट्रिय कलका लागि +९७७-१-५९७०६००० मा फोन गरेर मौखिक रूपमै खाता ब्लक गराउन सक्नेछन् ।

यसका साथै, मोबाइल एप प्रयोग गर्ने ग्राहकहरूका लागि यो सेवा झनै सहज र द्रुत बनाइएको छ । ग्राहक आफैंले बैंकको मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत सुरक्षित रूपमा खाता रोक्का गर्न सक्नेछन् ।

यस प्रविधिको मुख्य विशेषता भनेको ग्राहकले एपभित्र पासवर्ड वा जैविक पहिचान हानेर लगइन गरिरहनु पर्दैन । एप खोल्नासाथ माथिल्लो दायाँ कुनामा देखिने कल साइनमा क्लिक गरी मिसकल बैंकिङ भित्र रहेको अकाउन्ट ब्लक बाई मिसकल विकल्प छनोट गर्नासाथ बैंक खाता तत्कालका लागि पूर्ण रूपमा रोक्का हुनेछ ।

ग्लोबल आइएमई बैंकको यो अत्याधुनिक एवं द्रुत सेवाका कारण फिसिङ र स्क्याम जस्ता अनलाइन बैंकिङ अपराधहरूमा तत्कालका लागि ब्रेक लाग्ने र सर्वसाधारणको निक्षेप सुरक्षित राख्न ठूलो मद्दत पुग्ने बैंकिङ क्षेत्रका विज्ञहरूको विश्लेषण छ ।

यसैबीच, नेपाल राष्ट्र बैंकले पनि हालै सम्पूर्ण वाणिज्य बैंकहरूलाई ग्राहक वा खातावालाको मौखिक वा अनलाइन अनुरोधका आधारमा तुरुन्त खाता रोक्का गर्ने व्यवस्था मिलाउन नयाँ निर्देशन जारी गरेको छ । केन्द्रीय बैंकको यस निर्देशनले समग्र बैंकिङ क्षेत्रमा ग्राहक सुरक्षालाई थप सुदृढ बनाउने र ग्लोबल आइएमई बैंक जस्ता अग्रणी संस्थाहरूको सुरक्षित प्रविधिले यस कार्यलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित