काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र तुषाल मल्टिभेन्युबीच ग्राहक, कर्मचारी, डिलर तथा सेवा साझेदारहरूलाई विशेष लाइफस्टाइल, फिटनेस तथा वेलनेस सुविधाहरू प्रदान गर्ने उद्देश्यसहित समझदारीपत्रमा हस्ताक्षर भएको छ।
डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत सुरु गरिएको यो सहकार्यले ग्राहकहरूको जीवनशैलीलाई अझ समृद्ध बनाउन र उनीहरूलाई देशव्यापी रूपमा विशेष स्वास्थ्य तथा वेलनेस लाभहरू प्रदान गर्ने लक्ष्य राखेको छ।
यस सहकार्यको मुख्य उद्देश्य ग्राहक सहभागिता अझ सुदृढ बनाउनुका साथै विभिन्न आकर्षक अफर तथा वेलनेस सेवामार्फत थप मूल्य अभिवृद्धि गर्नु रहेको छ। सम्झौताअनुसार डिशहोमसँग आबद्ध कर्मचारी, अधिकृत डिलर, सेवा साझेदार तथा ग्राहकहरूले तुषाल मल्टिभेन्युमा विशेष छुट तथा सुविधाहरू प्राप्त गर्नेछन्।


































