रास्वपा पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिएका छन्।

बुधबार रास्वपा केन्द्रीय कार्यालय, वनस्थलीमा सभापति रवि लामिछानेले पदाधिकारी र केन्द्रीय सदस्यलाई पथ तथा गोपनीयताको शपथ खुवाएका हुन्। रास्वपा पहिलो महाधिवेशनबाट ९९ केन्द्रीय सदस्य निर्वाचित भएका हुन्।

त्यस्तै, सभापतिमा लामिछाने र उपसभापतिमा डा।स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका थिए। त्यस्तै, उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिन आचार्य, सहमहामन्त्रीमा हरि ढकाल, असिम शाह र निशा डाँगी निर्वाचित भएका थिए। रास्वपाका वरिष्ठ नेतासहित ११ पदाधिकारी मनोनीत हुने व्यवस्था छ। यस्तै, सभापति लामिछानेले ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्नेछन्।

रास्वपाको पहिलो महाधिवेशन असार ७ गते चितवनमा सुरु भएको थियो। ६ दिनसम्म चलेको महाविधेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले आज शपथ लिएका हुन्। सभापति लामिछानेले महाधिवेशन स्थलमै शपथ लिएका थिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित