धनुषामा दुई युवतीको अपहरण प्रकरण : प्रहरी र स्थानीयबीच झडप

काठमाडौं । धनुषाको औरही गाउँपालिकामा प्रदर्शन गरिरहेका स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको छ।

औरही गाउँपालिका वडा नम्बर १ पौडेसरमा सडक बन्द गरी टायर बालेर प्रदर्शन गरिरहेका स्थानीय र प्रहरीबीच झडप हुँदा तीन जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए।

उनकाअनुसार स्थिती तनावग्रस्त बनेपछि प्रहरीले ९ सेल अश्रुग्यास प्रहार गरेको छ। १० दिनअघि दुई युवती अपहरणमा गरे पनि प्रहरीले खोजी नगरेको आरोप स्थानीयको छ।

स्थानीयले प्रहरीले युवतीहरूको खोजी नगरेको भन्दै बिहीबार बिहानैदेखि नाराबाजी गर्दै प्रदर्शन गरेका थिए। प्रहरीले भने युवतीहरूको खोजी भइरहेको जनाएको छ।

‘केटा पक्षमाथि मुद्दा चलिरहेको छ। पाँच जनालाई नियन्त्रणमा लिएर अपहण तथा शरीर बन्धक मुद्दा पनि चलाएकै छौँ। युवतीहरुको खोजतालास जारी छ,’ डिएसपी अवाले भने, ‘युवतीका आफन्तहरूले एक्कासी सडक अवरूद्ध गरे, सम्झाइबुझाइ गरेपछि उनीहरु घर फर्किसकेका थिए। तर अहिले फेरि उनीहरुले सडक अवरूद्ध गरेका छन्।’

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित