सूर्यदर्शन सहकारीबाट रविले एक करोड लगेको प्रमाण भेटियो : छानविन समिति

कास्की । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफैंले माग फारम भरेर एक करोड रुपैयाँ ऋण लगेको खुलासा भएको छ । पोखरा महानगरपालिकाले बनाएको छानबिन समितिले उक्त विषयको खुलासा गरेको हो ।

छानबिन समितिका अनुसार ग्यालेक्सी टेलिभिजनका सेयरधनी एवं प्रबन्ध निर्देशक रहेका बेला लामिछानेले उक्त ऋण माग गरेको फारम भेटिएको छ । लामिछानेले एक करोड रूपैयाँ ऋण पाऊँ भनेर सहकारीमा ऋण माग गरेको फारम भरेको देखिएको र सो माग फारममा उनको हस्ताक्षर पनि रहेको छानबिनका क्रममा भेटिएको हो । सो प्रमाण समितिले आफ्नो प्रतिबेदनमा पनि पेस गरेको छ ।

गृहमन्त्री लामिछानेले भने अहिलेसम्म आफूले कुनै पनि सहकारी संस्थामा निवेदन दिएर वा माग फारम भरेर ऋण नलिएको बताउँदै आएका छन्। तर, छानबिनका क्रममा सो ऋण गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र पछि लामिछानेले गोर्खा मिडिया नेटवर्कबाट सहकारीमा सो ऋण तिरेको पनि देखिएको छ ।

सहकारी ऐनले नाफामूलक कम्पनीसँग कुनै पनि कारोबार गर्न रोक लगाएको छ। ऐनले सहकारीका सदस्य नभएका व्यक्तिलाई ऋण दिन नपाइने, सञ्चालक र सदस्यलाई पनि ऋण प्रवाहको सीमा तोकेको छ। गोर्खा मिडिया नेटवर्क नाफामूलक कम्पनी हो।

सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी) राई ग्यालेक्सी टेलिभिजनका अध्यक्ष पनि हुन्। हाल उनी फरार छन्। गोर्खा मिडिया नेटवर्क ग्यालेक्सी टेलिभिजनको माउ कम्पनी हो।

गत माघ २२ गते नै सूर्यदर्शन सहकारीका पीडितले लामिछानेविरुद्ध पूरक उजुरी दिएका थिए । उक्त उजुरीपछि महानगरपालिकाले फेरि अर्को विस्तृत अध्ययन थालनी गरेको थियो । झन्डै साढे तीन महिना लगाएर बनाइएको तीन हजार ४१९ पृष्ठको प्रतिवेदन बिहीबार कास्की प्रहरीलाई बुझाइएको छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विस्तृत प्रतिवेदनका नौवटै ठेली कास्की प्रहरीका डीएसपी वसन्त शर्मालाई हस्तान्तरण गरेका हुन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित