काठमाडौँ । सोमबार दिउँसो १ बजे बस्ने भनिएको राष्ट्रिय सभा बैठक सारिएको छ।
आज एक सूचना जारी गर्दै संघीय संसदको राष्ट्रिय सभाको बैठक विशेष कारणवश सारिएको जनाइएको छ।
राष्ट्रियसभा विनियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम अध्यक्षजले कार्यव्यवस्था परामर्श समितिको परामर्शमा चैत ८ गते बुधबार दिउँसो १ बजे बस्नेगरी बैठक निर्धारण गरिएको छ।



























