रविविरुद्ध जाहेरी दिने कृष्ण नै सहकारी ठगीमा पक्राउ

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतविरुद्ध जाहेरी दरखास्त दिने कृष्णप्रसाद जैसी नै अर्को सहकारी ठगी आरोपमा पक्राउ परेका छन् ।

सूर्यदर्शन सहकारीमा पीडितका संघर्ष समितिका तर्फबाट आन्दोलनदेखि अदालतसम्म बहस र आन्दोलन गरेका जैसी नै पोखराको धनुष बचत तथा ऋण सहकारी ठगी प्रकरणमा प्रमुख योजनाकारका रुपमा पक्राउ परेका हुन् ।

गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयको आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई दिएको जाहेरी पत्रका आधारमा जैसीलाई पक्राउ गरिएको हो । धनुष सहकारीको १२ करोड ५६ लाख रुपैयाँ हिनामिना भएको वित्तीय विश्लेषक निर्मल गौतमको प्रतिवेदनका आधारमा थप अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेको रजिस्ट्रार कार्यालयले जनाएको छ ।

प्रहरीले जैसीलाई पक्राउ गरेको छ भने अन्य ४ जनालाई पक्राउ पुर्जी जारी भएको जनाएको छ । २०८१ साल पुस महिनामा प्रारम्भिक छानबिन गरी १९ करोड १८ लाख रुपैयाँ हिनामिनाको प्रतिवेदन रजिस्ट्रारको कार्यालयमा पेश भएको थियो ।

रजिस्ट्रार कार्यालयले पटक पटक निर्देशन गरी कारबाही प्रक्रिया बढाउँदासमेत ६ करोड रुपैयाँ मात्र असुल १२ करोड ५६ लाख अझै पनि शोधभर्ना नदिएको कारणबाट प्रहरी अनुसन्धानका लागि १२ महिना ८ गते अनुसन्धानका लागि लेखिपठाएको थियो ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित