उपराष्ट्रपति उम्मेदवार : १० दलको जुटेन सहमति

काठमाडौं । सत्तारुढ १० दलको बैठकमा उपराष्ट्रपतिबारे सहमति हुन नसकेपछि भोलिका लागि पुनः बैठक बोलाइएको छ ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनबाट उपराष्ट्रपतिको साझा उम्मेदवार कसलाई बनाउने भन्नेबारे सहमति नभएपछि बिहीबार पुन बैठक बोलाइएको हो ।

बुधबारको बैठकमा सकारात्मक छलफल भएपनि सहमति जुट्न नसकेपछि बिहीबार पुनः बैठक बोलाइएको बैठकपछि माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले जानकारी दिए ।

गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झा रहेका छन् ।

दुई जना उम्मेदवारमध्ये एक जनालाई गठबन्धनको साझा उम्मेदवार बनाउन दलहरु समझदारी खोजी रहेका छन् । आजको बैठकमा बिहीबार गठबन्धनको साझा उम्मेदवार तय गरी एकजनाको उम्मेदवारी निष्क्रिय गर्ने सहमति भएको बस्नेतले बताए ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित