लागूऔषध मुद्दामा ७७ जना पक्राउ

महेन्द्रनगर  । प्रहरीले कञ्चनपुरमा लागूऔषधको कारोबार तथा दुव्र्यसनमा संलग्न ७७ जनालाई पक्राउ गरेको छ । खैरो हिरोइन, चरेशलगायतका लागूऔषधसहित कञ्चनपुर प्रहरीले तीन महिनायता उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा आठ महिलासमेत छन् ।
पक्राउ परेका सबैलाई कारबाहीको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।  प्रहरीले फागुनमा लागूऔषध मुद्दामा ३०, चैतमा २४ र वैशाखमा २३ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट प्रहरीले ६ सय ८० ग्राम चरेस र ९३ ग्राम खैरोहिरोइनसमेत बरामद गरेको छ ।
“कञ्चनपुर कारागारमा ३५ प्रतिशतभन्दा कैदीबन्दी लागूऔषध मुद्दाका छन्”, प्रहरी उपरीक्षक जोशीले भने । प्रहरीले विभिन्न मुद्दामा अदालत र प्रशासनबाट कैद÷जरिवाना भएर फरार रहेका एक सय १३ अभियुक्तलाई समेत पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । प्रहरीले फागुनमा ४३, चैतमा २९ र वैशाखमा ४१ फरार अभियुक्तलाई पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर प्रहरीले तीन महिनायता नेपाल–भारत सीमानाकाबाट ४९ जनाको उद्धार गरेको छ । हराएका ९७ जनामध्ये ६२ जना फेला परेका प्रहरी उपरीक्षक जोशीले बताए । “सामुदायिक प्रहरी साझेदारी कार्यक्रममार्फत बाल विवाह न्युनीकरण, लागूऔषध दुव्र्यसन, आत्महत्या न्युनीकरणलगायतका कार्यक्रम जारी छन्”, उनले भने । यसैगरी कञ्चनपुर प्रहरीले तीन महिनाको अवधीमा भारतबाट भन्सार छली गरी नेपाल ल्याएको एक करोड ५९ लाख मूल्यको सामान बरामद गरी भन्सार कार्यालय गड्डाचौकीको जिम्मा लगाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित