काठमाडौं । सुन तस्करीसम्बन्धी प्रतिवेदन बुझेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । सुनको अवैध पैठारी ९तस्करी० नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।
बैठक आज साँझ ५ बजे बस्न लागेको छ । आयोगले बिहीवार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई हिजो यो प्रतिवेदन बुझाएको थियो । सो जाँचबुझ आयोगको प्रतिवेदन गृहमन्त्री रवि लामिछानेले शुक्रबार बिहान प्रधानमन्त्रीलाई बुझाएका थिए ।
प्रतिवेदनले पूर्व सभामुख कृष्णबहादुर महरा, सीआईबी प्रमुख किरण बज्राचार्य, सह–सहिचव झलकराम अधिकारी, एसपी सञ्जयसिंह थापा, विमानस्थल भन्सार प्रमुखसहितलाई कारबाही गर्न सिफारिस गरेको छ । यसै विषयमा छलफल गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।