बम पड्काएर चार घरमा लुटपाट, ६ जना घाइते

सिरहा । सिरहामा बम पडकाएर चार घरमा लुटपाट भएको छ। लहान नगरपालिका–१७ हरिपुरमा सुतली बम पडकाएर लुटपाट गरिएको प्रहरीले जनाएको छ।

गएराति राति करिब पौने १२ बजेको समयमा ४ वटा घरमा लुटपाट भएको इलाका प्रहरी कार्यालय, लहानका प्रहरी नायव उपरीक्षक विष्णु सोकीले जानकारी दिए।

लुटेराहरूले लुटपाट गर्दा प्रतिकार गर्ने क्रममा ६ जना घाइते भएका छन्। घाइते हुनेमा जिवी ठाकुर, निरसीदेवी ठाकुर, निरञ्जन यादव, देवनारायण साह, मनिलाल यादव र योगेन्द्रलाल यादव रहेको प्रहरी नायव उपरीक्षक सोकीले बताए।

उनले लुटपाट भएको ठाउँमा सुतली बमको कणहरू देखिएको बताए। लुटेराहरूले गरगहना, पैसा गरी करिब ५ लाख बराबरको लुटपाट गरेको उनले जानकारी दिए।

यस सम्बन्धमा थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय, लहानले जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित