आठ महिनापछि ब्युँतियो इमेज बचत तथा ऋण सहकारी, संस्थापक अध्यक्ष नेपाली अझै फरार

बागलुङ । बचतकर्ता तथा शेयर सदस्यले इमेज बचत तथा ऋण सहकारी संस्थालाई ब्युँताएका छन् ।

गत जेठ ५ गते संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीसहितको टिम सम्पर्कविहीन भएपछि सहकारी बन्द भएको थियो । विशेष भेलाले आठ महिनादेखि बन्द सहकारीलाई ब्युँताएका हुन् ।

शनिबार भएको विशेष साधारण सभाले कृष्णबहादुर सार्कीको अध्यक्षतामा नयाँ सञ्चालक समिति र हरिबहादुर कार्कीको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति चयन गरेको छ ।

सञ्चालक समितिको उपाध्यक्षमा बालकुमारी केसी, सचिवमा सीता केसी, कोषाध्यक्षमा सरिता तिमिल्सिना कंडेल तथा सदस्यहरुमा गुप्तबहादुर खत्री, कृष्णा कार्की र अजिजउल मिया छन् ।

लेखा सुपरीवेक्षण समितिका सदस्यहरुमा कुलबहादुर राना र गोमा विश्वकर्मा छन् । विशेष साधारणसभाले इमेज सहकारीलाई वैधानिक रुपमा अगाडि बढाउनका लागि सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयन गर्नुका साथै सम्पत्ति दायित्वको एकीन गरी पीडितहरुको बचत रकम फिर्ताका लागि समन्वय गर्ने लगायतका निर्णय गरेको छ ।

गण्डकी प्रदेश सहकारी ऐन २०७५ को दफा ४ मा संस्थाको सञ्चालक वा व्यवस्थापकबाट आफ्नो जिम्मेवारी पूरा नगरी संस्था सञ्चालनमा समस्या उन्पन्न भएको अवस्थामा दर्ता अधिकारीलाई जानकारी दिई साधारण सदस्यहरु मध्येबाट बहुमत सदस्य उपस्थित भइ विशेष साधारणसभा गर्न सकिने व्यवस्था गरेको छ ।

पीडित बचतकर्ताहरुले गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसी, सहकारी रजिष्ट्रार भेषराज रिजाल समेतको उपस्थितिमा पुस १३ गते गरेको छलफलका आधारमा सदस्यहरुका तर्फबाट विशेष साधारणसभा बोलाइएको पीडित सदस्यहरुले जनाएका छन् ।

बचतकर्ताको डेढ अर्ब बढी रकम भुक्तान नगरी इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङका संस्थापक अध्यक्ष देवकुमार नेपालीसहित मुख्य जिम्मेवार सञ्चालकहरु फरार भएपछि शेयर सदस्यहरुले सहकारीलाई जीवन्तता दिनका लागि निरन्तर प्रयास गर्दै आएका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित