झापामा सम्बन्धविच्छेदका मुद्दा बढे

भद्रपुर । गत वर्षको तुलनामा झापामा सम्बन्धविच्छेदका मुद्दामा वृद्धि भएको पाइएको छ । झापा जिल्ला अदालतका अनुसार चालु आर्थिक वर्षको १० महिनामा सम्बन्धविच्छेदका नौ सय ५४ मुद्दा दर्ता भएका छन् ।

चालु आवमा हालसम्म दर्ता भएका तीन हजार पाँच सय ५६ मध्ये २६ प्रतिशत सम्बन्धविच्छेदका मुद्दा रहेको झापा जिल्ला अदालतका श्रेस्तेदार किरणकुमार सिंहले बताए । लागुऔषध, अंश, जबर्जस्ती करणीलगायत मुद्दा पनि बढिरहेका छन् ।

श्रेस्तेदार सिंहका अनुसार गत वर्षसहित पछिल्ला १० महिनामा दुई हजार सात सय ८५ वटा मुद्दाको फैसला भएको छ । तीन हजार पाँच सय ५७ मुद्दा विचाराधीन छन् । जिल्ला अदालतमा दरबन्दीअनुसार न्यायाधीश नहुँदा मुद्दाको चाप बढेको छ । आठजना न्यायाधीशको दरबन्दी रहेकामा छ जनामात्र सेवारत छन् ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित