डोटीमा जीप दुर्घटना : चार जना घाइते, दुई गम्भीर

दिपायल । डोटीमा जीप दुर्घटना हुँदा चार जना यात्रु घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ सिलगढीस्थित अदालत मोडमा जीप र मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीका अनुसार दिपायलबाट सिलगढी जाँदै गरेको शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको सुपप्र ०१ ००१ ज १२५९ नम्बरको जीप र सुपप्र ०१०१० प ४७७४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

उनका अनुसार मगङ्लबार बिहान ११ बजे भएको उक्त दुर्घटनामा दिपायल सिलगढी नगरपालिका–७ की २९ वर्षीया टंककुमारी उपाध्याय, ६५ वर्षीया धौली देवी विष्ट र सोही ठाउँकी दुर्गा देवी विष्ट घाइते भएका छन् ।

त्यस्तै, मोटरसाइकल चालक दिपायल सिलगढी नगरपालिका–६ का विष्णु बोहरा पनि घाइते भएका छन् ।
घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । घाइतेमध्य दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक जोशीले बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित