जीबी राईको राहदानी रद्द गर्न विभागलाई पत्र

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईको राहदानी रद्द गर्न राहदानी विभागलाई पत्र लेखेको छ।

विदेशमा लुकेर बसेको आशंका गरिएका राईलाई पक्राउ गर्न असफल भएपछि प्रहरीले उक्त कदम चालेको हो । कास्कीको सुदर्शन सहकारीमा सेवाग्राहीले जम्मा गरेका करोडौं रकम हिनामिना गरेको आरोप राईमाथि लागेको छ । राई भने लामो समयदेखि सम्पर्कविहीन छन् ।

उनी मलेसियामा रहेको आशंकामा सरकारले त्यहाँको सरकारसँग पनि सहयोग मागेको थियो । तर अहिलेसम्म कुनै उपलब्धि हासिल भएको छैन ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले समेत संसद्को राज्य व्यवस्था समितिमा राई मलेसियामा रहेको जानकारी गराएका थिए ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने ग्यालेक्सी टेलिभिजनमा काम गर्दा राईका पार्टनर थिए ।

कास्की प्रहरीका एक उच्च अधिकारीका अनुसार इन्टरपोलमार्फत राईलाई नेपाल झिकाउने प्रक्रिया अनुरूप उनको राहदानी रद्द गर्न लागिएको हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित