काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, विभाग, प्रदेश मन्त्रालय र आयोगमा कार्यरत ६० जना सहसचिवको सरुवा गरेको छ । केही दिनअघि पनि सरकारले केही सहसचिवको सरुवा गरेको थियो ।
मन्त्रिपरिषद् बैठकले गरेको सरुवाअनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत रामचन्द्र तिवारी, तीर्थराज चिलुवाल र मधेशी आयोगमा कार्यरत वसन्त अधिकारी गृह मन्त्रालयमा सरुवा भएका छन् ।
गृह मन्त्रालयमा कार्यरत वेदप्रसाद खरेल, बद्रीनाथ गैह्रे र रुद्रप्रसाद पण्डितको पनि सरुवा भएको छ । खरेल प्रदेश प्रमुखको कार्यालय लुम्बिनी पुगेका छन् भने गैह्रे आन्तरिक मामिल तथा कानुन मन्त्रालय कर्णाली र पण्डित भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएका छन् ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कार्यरत भिष्मकुमार भुसाल पनि गृह मन्त्रालयमा तानिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत रेखा कँडेल लुम्बिनीको आन्तरिक मामिला मन्त्रालयमा र सञ्चार मन्त्रालयमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा कार्यरत गोपाल कोइराला आएका छन् ।
बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत निश्चलराज पाण्डेको सरुवा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ । प्रधानमन्त्री कार्यालयमा कार्यरत विपिन आचार्य, उद्योग मन्त्रालयमा, कर्णाली प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा कार्यरत ध्रुव घिमिरे उद्योग मन्त्रालय र प्रदेश लोकसेवा आयोग सुदूरपश्चिममा कार्यरत पुष्कर न्यौपानेको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा भएको छ ।
यता, प्रधानमन्त्री कार्यालयमा कार्यरत नवराज ढुंगाना र नारायणप्रसाद भट्ट परराष्ट्र मन्त्रालयमा सरुवा भएका छन् । अनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत कमलप्रसाद भट्टराई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र मुस्लिम आयोगका चण्डीप्रसाद घिमिरे उद्योग मन्त्रालयमा सरुवा भएका छन् ।
उद्योगमा मन्त्रालयमा आउने अर्का सहसचिव भने राजिव पोखरेल पनि रहेका छन् । उनी श्रम मन्त्रालयबाट सरुवामा परेका हुन् ।
यता, कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशबाट राजेन्द्र कोइराला कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आएका छन् । कृषि मन्त्रालयका विनोद कुमार भट्टराई बागमती प्रदेशको कृषि मन्त्रालयमा सरुवा भएका छन् । भौतिक पूर्वाधार मन्त्रालयमा शुभराज न्यौपानेलाई राष्ट्रिय सतर्कता केन्द्र र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णालीका विष्णुप्रसाद कोइराला गृहमन्त्रालमा आएका छन् ।