काठमाडौं । अप्रिल महिनाको पहिलो दिन अर्थात अप्रिल फस्टमा मानिसहरुलाई झुटो बोल्ने र मुर्ख बनाउने चलन छ । सायद तपाईहरुले पनि आज झुटो बोल्नुभयो होला। तर यसो किन गरिन्छ त ?
आज नेपालमा मात्र नभइ संसारभरका मानिसहरूले अरुलाई फूल अर्थात् मूर्खु बनाउँछन्। पहिले यो दिवस फ्रान्स र अन्य युरोपेली देशहरूमा मनाइने गरिए पनि बिस्तारै अन्य देशहरूले पनि यो दिवस मनाउन थाले। यो दिन एकअर्कासँग रमाइलो गरेर मनाइन्छ । सबैले एक अर्कालाई मूर्ख बनाउन बहाना खोज्छन्। यस दिन केही व्यक्तिहरूले फोनमा म्यासेज र ठट्टाहरू मार्फत वेबकूफ बनाउँछन्।अप्रिल फूलु दिवस विभिन्न देशहरूमा विभिन्न तरिकाले मनाइन्छ।तर अप्रिल १ मा किन अप्रिल फूलु दिवस मनाइन्छ, यसको पनि फरक कथा छ । आजको दिन बालबालिका होस् वा युवा–वृद्ध सबैले आफ्ना साथीभाइ र आफन्तलाई कुनै न कुनै बहानामा मुर्ख बनाउँछन् ।
को बन्यो पहिलो अप्रिल फूलु ?
अप्रिल १ मा मानिसलाई झुक्याउने वा मूर्ख बनाउने प्रचलन धेरै वर्षदेखि चलिआएको छ । आजको समयमा, यो दिवस संसारभर मनाइन्छ। तर यसको सुरुवातको कुरा गर्दा सबैभन्दा पहिलो यसको प्रयोग चौसरको ‘नन्स प्रिस्ट टेल’ भन्ने किताबमा पाइन्छ। त्यसमा ‘क्यान्टरबरी टेल्स’ को कथामा उक्त कुरा उल्लेख छ। कथामा इङ्गल्याण्डका राजा रिचर्ड द्वितीय र बोहेमियाकी रानीको इन्गेजमेन्ट हुने कुरा जनतालाई सुनाइन्छ। इन्गेजमेन्ट ३२ मार्चमा हुने भनिन्छ। उक्त कुरा जनताले पनि विश्वास गर्छन् । मार्च ३२ क्यालेन्डरमा मिति नै नहुने भएकोले त्यहाँका मानिसहरू सामूहिक रूपमा अप्रिल फूलु बने भनिएको छ।
अप्रिल फूलुसँग सम्बन्धित दोस्रो कथा
अप्रिल फूलुको दोस्रो कथा युरोपको हो। वास्तवमा पहिला युरोपमा अप्रिल १ तारिखमा नै नयाँ वर्ष मनाइन्थ्यो र यस दिन भव्य कार्यक्रम पनि आयोजना गरिन्थ्यो । तर त्यहाँ पोप ग्रेगरी १३ ले सन् १५८२ मा नयाँ क्यालेन्डर निकाले, जसमा नयाँ वर्ष जनवरी १ मा मनाउने निर्देशन दिइएको थियो।
पोप ग्रेगरी १३ द्वारा यो क्यालेन्डर जारी गरेपछि अप्रिल १ मा नयाँ वर्ष मनाउनेहरूलाई मूर्खु भनेर खिल्ली उडाइएको थियो। यहीँबाट अप्रिल फूलु डे सुरु भएको किम्बदन्ती रहेको छ।
विश्वभर अप्रिल फूलु दिवस मनाउने विभिन्न तरिका छन्। अप्रिल फूलु डे न्युजिल्यान्ड, इंग्ल्याण्ड, अष्ट्रेलिया र अफ्रिकी देशहरूमा १२ बजेसम्म मात्र मनाइन्छ। इटाली, फ्रान्स र बेल्जियम जस्ता देशहरूमा मानिसहरूलाई बिना जानकारी नदिइ ढाडमा कागजको माछा टाँसेर खिल्ली उडाइन्छ।
युक्रेनमा अप्रिल फूलु मनाउन राष्ट्रिय छुट्टीको घोषणा गरिएको छ। साथै, स्पेनमा अप्रिल फूलु डिसेम्बर मा पवित्र निर्दोष दिवसको रूपमा मनाइन्छ। यसबाहेक डेनमार्कमा मे १ मा अप्रिल फूलु दिवस मनाइन्छ भने पश्चिम एसियाली देशहरूले पर्शियन नयाँ वर्षको १३ औं दिन अर्थात् अप्रिल १ र २ मा एकअर्कालाई गिल्ला गरेर अप्रिल फूलु मनाउँछन्। एजेन्सी