रञ्जन कोइरालालाई २०९० मंसिर १३ गतेसम्म थुनामा राख्न अदालतको आदेश,

काठमाडौं । पत्नी हत्याको अभियोगमा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरारञ्जन कोइरालालाई सेन्ट्रल जेल लगिएको छ । फरारकै क्रममा पक्राउ परेका कोइरालालाई सोमबार काठमाडौं जिल्ला अदालतले कैदी पुर्जी जारी गरी २०९० साल मंसिर १३ गतेसम्म थुनामा राख्न आदेश दिएको छ ।

कोइराललाई अन्य मुद्दाबाट थुनामा राख्नु नपर्ने भए त्यसपछि छोड्न पनि सक्ने अदालतले भनेको छ । यसअघि २० वर्ष जेल चलान गर्ने निर्णयविरुद्ध सर्वोच्च पुगेका थिए कोइराला । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले ८ वर्ष ६ महिना मात्रै कैद सजाय गर्ने फैसला सुनाएको थियो ।

सर्वोच्चको फैसलासँगै उनी ८ वर्ष ६ महिना जेल बसिसकेका थिए । तर सर्वोच्चको उक्त फैसलाविरुद्ध पुनरावेदन निवेदन परेपछि मुद्दा पुनः ब्यूँतिएको थियो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशद्वय टंकबहादुर मोक्तान र कुमार चुडालको पूर्ण इजलासले उक्त मुद्धा उल्टाउँदै कोइरालालाई २० वर्ष नै जेल सजायको फैसला सुनाएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित