काठमाडौं । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीलाई सिफारिस गरेको छ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको परिषद्को बैठकले कार्कीलाई प्रमुख निर्वाचन आयुक्त नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकले रिक्त रहेको निर्वाचन आयुक्त पदमा राजीव सुब्बा र असार २३ गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरूप्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको स्रोतले जानकारी दियो।





































