कविता हत्या प्रकरण : दुई जना पक्राउ, अनुसन्धान जारी

काठमाडौं । एसईईको तयारीका लागि ट्युसन पढ्न गएकी कविता सुनुवारको बीच बाटैमा हत्यामा संलग्न भएको आशंकमा गाउँकै दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा एकजना कविताकै सहपाठी र अर्का उनका दाइ रहेका छन् । पक्राउसँगै प्रहरीले उनीहरूलाई सोधपुछ गरिरहेको छ ।मंगलबार बिहान ७ बजे विद्यालय जाँदै गरेकी कविताको उदयपुर बेलका नगरपालिका–३, जसोधा खोलामा हत्या भएको थियो ।

स्थानीयले बिहान ७ बजे बालिकाको शव खोला किनारामा देखेपछि इलाका प्रहरी कार्यालय रामपुरलाई जानकारी गराएका थिए । हाल प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको ।

घटनापछि व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकले संयुक्त विज्ञप्तिमा जारी गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘निश्पक्ष छानबिन गरी यथाशीघ्र अपराधी पत्ता लगाइ कडाभन्दा कडा सजाय गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं । साथै आम नागरिक र विशेषगरी बालिकाहरूको जीउज्यानको भरपर्दो सुरक्षा प्रबन्ध गर्न सरोकारवालाहरूसँग माग गर्दछौं ।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित