अन्तरीक्षबाट पृथ्वीमा बिजुली पठाउने चीनको तयारी

चीनले आफ्नो स्पेश स्टेसनको लागि सौर्य उर्जा प्लान्टको परीक्षण प्रक्षेपण गर्ने घोषणा गरेको छ । उक्त महत्वाकांक्षी परियोजनाको पहिलो चरण तय मितिभन्दा दुई वर्ष अगाडि अर्थात् सन् २०२८ मै सुरु गरिनेछ । यो घोषणासँगै चीनले उक्त क्षेत्रमा अमेरिका र बेलायतलाई पछि पछि पार्ने योजना बनाएको हो ।

उक्त चिनियाँ परियोजना चार चरणमा पूरा हुनेछ । परियोजना पूरा भएसँगै अन्तरीक्षबाट पृथ्वीमा बिजुली पठाउन सकिनेछ । यसमा पृथ्वीभन्दा ४ सय किलोमिटरको उचाइबाट वायरलेस पावर ट्रान्समिसनको प्रयोग गरिनेछ ।

दुई दशकअघि नै नासाले पहिलो यस्तै प्रकारको उर्जा परियोजनाको प्रस्ताव राखेको थियो, तर त्यस विषयमा काम सुरु गरेको थिएन । जुन अहिले आएर चीनले उक्त अवधारणालाई मूर्त रुप दिने भएको छ ।

बेलायतले पनि सन् २०३५ सम्ममा अन्तरीक्षमा १६अर्ब पाउण्ड खर्च गरी सोलार पावर प्लान्ट निर्माण गर्ने योजना बनाएको छ । त्यस विषयमा बेलायतले अध्ययन सुरु गरिसकेको छ।

अन्तरीक्षमा सौर्यउर्जाबाट विजुली उत्पादन गरी पृथ्वीमा बिजुली आपूर्ति गर्ने चिनिया परियोजनाका विषयमा चाइनिज स्पेस साइन्स एण्ड टेक्नोलोजी जर्नलमा छापिएको छ ।

शोधकर्ताहरुका अनुसार स्याटेलाइट तथा सौर्य उर्जालाई माइक्रोवेभ तथा लेजरमा परिणत गरिनेछ र ऊर्जा तरंगलाई पृथ्वीमा अलग अलग ठाउँ तथा गतिमान स्याटेलाइट सम्म पठाइनेछ ।

माइक्रोवेभको उपयोग गरी वायुमण्डलबाट गुुज्रने ऊर्जाको मात्रालाई क मगर्न सक्षम हुने बताइएको छ । सोलार ऊर्जायुक्त उक्त स्पेस स्टेशनको मुख्य लक्ष्य अन्तरीक्षमा सौर्य ऊर्जालाई विद्युत ऊर्जामा परिवर्तन गर्नु हो जसलाई पृथ्वीमा कुनै संकलकको माध्यमबाट ऊर्जा प्रवाहित गर्नका लागि माइक्रोवेभ ट्रान्समिटर वा लेजर इमिटरको प्रयोग गरिनेछ ।

चीनका अनुसार सन् २०५० सम्ममा उक्त परियोजना सम्पन्न हुनेछ । पूर्ण रुपमा चालू भएसँगै अन्तरीक्षमा उक्त सोलार स्टेशनले परमाणु ऊर्जा स्टेशनको रुपमा का मगर्नेछ । जसबाट इलेक्ट्रिकल ग्रिडको रुपमा पृथ्वीमा बिजुली पठाउन सकिनेछ ।

चीनले आफ्नो उक्त सोलार पावर स्टेशन चार चरणमा निर्माण गर्ने योजना बनाएको छ । पहिलो परीक्षण प्रक्षेपण पश्चात् सन् २०३० मा चीनले ३६ हजार किलोमिटरको भू समकालिक कक्षमा एक अधिक शक्तिशाली प्लान्टको निर्माण गर्नेछ ।

यद्यपि एक टेस्ट स्टेशनमा केवल १० किलोवाट मात्र बिजुली उत्पादन हुनेछ । ठूलो बिजुली संयन्त्रले सन् २०३५ सम्म १० मेगावाट बिजुली उत्पादन गर्नेछ । सन् २०५० सम्मचाहिं उक्त स्टेशनबाट दुई गिगावाट बिजुली उत्पादन हुने चीनको विश्वास छ, जुन बेलायतको हालको विद्युत उत्पादन क्षमता समान हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित