डिशहोमद्वारा भोइस एआई ‘खुसी’ सार्वजनिक

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले नेपालमै पहिलो पटक दुईतर्फी संवाद गर्न सक्ने भोइस–एआई सेवा ‘खुसी’ सार्वजनिक गरेको छ। ग्राहकलाई डिजिटल प्रविधिसँग अझ नजिक ल्याउने उद्देश्यका नयाँ फिचर ल्याइएको कम्पनीले जनाएको छ ।

केही समयअघि डिशहोमले भर्चुअल प्रिभिलेज कार्ड सार्वजनिक गरेको थियो, जसको माध्यमबाट ग्राहकले होटल, रेस्टुरेन्ट, रिसोर्ट, स्वास्थ्य सेवा र इलेक्ट्रोनिक सामानसहित देशभरका २०० भन्दा बढी साझेदार व्यवसायमा २५ प्रतिशतसम्म छुट पाउँदै आएका छन्।

त्यसपछि कम्पनीले आफ्नो ओटीटी प्लेटफर्म ‘डिशहोम गो’ मार्फत नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को प्रत्यक्ष प्रसारण सुरु गरेको थियो, जसमा उद्घाटन खेलमै दुई लाखभन्दा बढी दर्शकले एकै पटक प्रत्यक्ष खेल हेरेका थिए ।

दुईतर्फी भोइस एआई ‘खुसी’ प्रणालीले नेपाली भाषामा मानव–जस्तै स्वरमा कुराकानी गर्न सक्ने कम्पनीको भनाइ छ । सुरुवाती चरणमा ‘खुसी’ले सेवा निष्क्रिय भएका ग्राहकसँग संवाद गरी सेवा पुनः सक्रिय गर्न प्रोत्साहित गर्ने, सम्बन्धित अफरहरू प्रस्तुत गर्ने र कुराकानीका क्रममा प्राप्त सुझाव, गुनासो र प्रतिक्रिया सङ्कलन गरी ग्राहक सेवा केन्द्रमा पठाउने जनाइएको छ ।

यसबाहेक, प्रणालीमा सेन्टिमेन्ट एनालाइसिस को सुविधा पनि समावेश गरिएको जनाइएको छ, जसले ग्राहकको बोलीमा झल्किएको भावना विश्लेषण गरी प्रतिवेदन तयार गर्न सक्नेछ।

नेटवर्कमा प्राविधिक समस्या देखिएका अवस्थामा ‘खुसी’ प्रणाली डिशहोमको केन्द्रीय प्रणालीसँग जोडिनेछ। यसले ग्राहकले कल गर्दा अवरोधको कारण, अनुमानित समाधान समय र प्रगति विवरण तुरुन्त उपलब्ध गराउनेछ। यसले अत्यधिक कल आउने अवस्थामा पनि ग्राहकलाई शीघ्र र यथार्थ जानकारी प्रदान गरी सेवा प्रभावकारिता बढाउने लक्ष्य लिएको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार हाल फेसबुक मेसेन्जर र वेब च्याटमार्फत प्रयोग भइरहेका च्याट बोटहरूमा पनि ‘खुसी’ एकीकृत गर्ने तयारी भइरहेको छ। आगामी चरणमा यसलाई व्हाट्सएप र भाइबरमा समेत विस्तार गरिने कम्पनीले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित