शेरबहादुरकै नेतृत्वमा कांग्रेस अगाडि बढ्छ : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले शेरबहादुर देउवाकै नेतृत्वमा कांग्रेस अगाडि बढ्ने बताएका छन्।

शुक्रबार कांग्रेस इतर पक्षको राष्ट्रिय भेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै भेला आयोजक समितिका संयोजक डा. कोइरालाले कांग्रेसलाई एकजुट बनाउनकै लागि भेला आयोजना गरिएको बताए। ‘नेपाली कांग्रेसलाई एकजुट बनाउने मेरो कर्तव्य हो,’ कोइरालाले भने, ‘कांग्रेस एकजुट भएमा कसैले पनि पराजित गर्न सक्दैन।’

भेलालाई सम्बोधन गर्दै कोइरालाले पूर्वप्रधानमन्त्री देउवासँगको सम्बन्धबारे चर्चा गरे। पहिलो पटक देउवालाई बनारसमा बीपी कोइरालाले परिचय गराएको उनले सुनाए। त्यसपछि गिरिजाप्रसाद कोइरालाले देउवालाई बोलाउन फोन गर्न लगाएको बताए। २०४६ सालको जनआन्दोलनपछि लन्दनमा रहेका देउवालाई आफूले फोन गरेको उनले सुनाए।

‘शेरबहादुरजीको भाग्य यति राम्रो छ, आउने वितिक्कै प्रधानमन्त्री बन्नु भयो,’ उनले भने। यस पटक पनि देउवा आएसँगै भेला सफल भएको उनको भनाइ थियो। ‘शेरबहादुर देउवा यहाँ आउने वितिक्कै यो पूर्ण सफल हुन्छ,’ कोइरालाले भने।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित