काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रममा विरोध प्रदर्शन गर्ने तीन जना युवालाई हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले ५ दिन अनुमति दिएको छ। अभद्र कसुर मुद्दामा अनुसन्धान गर्न भन्दै काठमाडौं प्रहरीले अनुमति मागेको थियो।
सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बागलुङ सोम शर्माविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्दा चलाउन लागिएको काठमाडौं प्रहरीले जनाएको छ।




































