अमेरिकाद्वारा इरानमाथि आक्रमण, इरानद्वारा होर्मुज जलमार्ग बन्दको घोषणा

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले हर्मोज जलमार्ग क्षेत्रमा दुई वटा जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ।

अमेरिकाद्वारा इरानमाथि आक्रमण, इरानद्वारा होर्मुज जलमार्ग बन्दको घोषणा
काठमाडौं । अमेरिकी सेनाले इरानका विभिन्न ठेगानालाई निशाना बनाउँदै लगातार दोस्रो दिन पनि शक्तिशाली हवाई हमला शुरू गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)ले नयाँ आक्रमणको पुष्टि गर्दै यसलाई इरानको निरन्तर र अनुचित आक्रमकताको जवाफ भनेको छ। अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले सेनाले इरानका ‘प्रमुख केन्द्रहरू’मा बमबारी गरिरहेको बताए। सम्झौताका लागि दिइएको मौका इरानले नउठाएकाले यो कदम चाल्नुपरेको उनको भनाइ छ। बुधबार इरानले अमेरिकी ‘अपाचे’ हेलिकप्टर खसालेपछि दुई देशबिचको तनावले उग्र रूप लिएको हो। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले हर्मोज जलमार्ग क्षेत्रमा दुई वटा जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ। इरानले सुरक्षा सङ्कटको कारण देखाउँदै रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने सो जलमार्ग तेल ट्याङ्कर र व्यापारिक जहाजसहित सबै प्रकारका साधानका लागि पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको छ। इरानले अनुमति बिना उक्त क्षेत्र पार गर्न खोज्ने जुनसुकै जहाजलाई निशाना बनाइने चेतावनी दिएको छ।