को हुन् कुविर विश्वकर्मा ? यस्तो छ राजनीतिक पृष्ठभूमि

निसीखोला गाउँपालिका वडा नं. २ को वडा अध्यक्ष पदका लागि संयुक्त गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओबादी केन्द्रका नेता कुविर विश्वकर्मा निसीखोला गाउँपालिका वडा नं. २ का निवर्तमान अध्यक्ष हुन् । उनको राजनीतिक एवम् समाजिक पृष्ठभूमीबारे तयार पारिएको सामग्री ।

बाल्यकाल
बागलुङ जिल्ला साविक देविस्थान गाविस. वडा नं. ७ हालको निसीखोला गाउँपालिका–२ को कुहीनेमा विस २०३९ सालमा उनको जन्म भएको थियो । भौगोलिक हिसाबले निकै विकट र दुर्गम क्षेत्र मानिने कुहिनेमा जन्मेका उनको पारिवार अवस्था कमजोर हुनका साथै सामाजिक उत्पीडन भोग्दै आएका दलित परिवार हुन् ।

उनको बाल्यकाल निकै संघर्षमय रह्यो भने जातिय, लैंगिक, बर्गिय तथा धार्मिक भेद्भाव उत्पिडन एवं सामाजिक उपेक्षा सानैबाट देख्दै र भोग्दै उनको बाल्यकाल बित्यो । श्री रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालयबाट प्राथमिक शिक्षा हासिल गरेका उनी श्री देविस्थान मा.वि देविस्थानबाट एसएलसी गरेका थिए ।

प्रमाणपत्र तहको अध्ययन साविकको ग्वालीचौर गा.वि.स हाल बडिगाड गाउँपालिका स्थीत श्री भानु माविबाट गरेका उनी स्नातक तहको अध्ययन श्री निसीभुजी जनता क्याम्पस बुर्तिबाङबाट अघि बढाए ।

राजनितिक यात्रा

सामन्तवाद, एकात्मक, राज्यव्यवस्था, निरंकुश राजतन्त्र, सामाजिक उत्पीडन र वहिष्करण, वर्गीय असमानता, पितृसत्तात्मक चिन्तन, पुँजीवाद, जातीय, लैंगिक, आर्थिक, भाषिक, धार्मिक विभेद तथा विभिन्न रुढिबादी परम्परा तथा सामाजिक अन्धविश्वास, कुप्रथाकाविरुद्ध सशस्त्र जनयुद्ध चरम उत्कर्षमा पुुगेको अवस्थमा उनको युवा मानसिकता, जोस जाँगर पनि सोहि जनयुुद्धलाइ समर्थन गर्ने र समावेशी र समुन्नत समाज निर्माण गर्ने तर्फ उन्मुख भयो ।

जनयुद्धको नेतृत्व गरिरहेको तत्कालिन नेकपा माओवादी पार्टीको भातृ संगठन अखिल क्रान्तिकारी विद्यार्थी संगठनको सदस्यता लिई वि.सं. २०५७ सालमा उनी राजनितिमा प्रवेश गरे ।

तत्पश्चात उनी पार्टी राजनितिमा सक्रिय हुँदै जाँदा तत्कालिन देविस्थान गाउँ पार्टी कमिटी, हुँदै बागलुङ जिल्ला समिति सदस्य भए ।

त्यस्तै दलित मुक्ति मोर्चाको केन्द्रीय सचिवालय सदस्य समेत रहेका उनी २०७५ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता भएपछि बनेको (नेकपा)को निसीखोला गाउँपालिकाको अध्यक्ष समेत चयन भएका उनी हाल गाउँपालिका पार्टी कमिटीका अध्यक्ष हुन् ।

सामाजिक संघसंस्थामा संलग्नता
सरल, शालिन, भद्र र इमान्दार स्वभावका विश्वकर्मा, साविक देविस्थान गाविसमा अनौपचारिक शिक्षा पद्धती ( प्रौढ शिक्षा, किशोरी शिक्षा, आमा शिक्षा) लगायतका कार्यक्रममा निरीक्षकको रूपमा रहेर काम गरेको उनको अनुभव छ ।

त्यस्तै दलित संजाल देविस्थानको संस्थापक, दलित सशक्तिकरण केन्द्र बागलुङको सदस्य, क्षेत्रीय दलित संजाल ( बागलुङ क्षेत्र नं. ३ ) का अध्यक्ष ( २०६८) समेत भइसकेका उनी दर्जनौँ सामाजिक संघ संस्थामा आवद्ध रही थुप्रै उदाहरणीय सामाजिक काम गरिसकेका छन् ।

श्री जनप्रिय प्राथमिक विद्यालय, श्री जनहित आधारभूत विद्यालयमा आाधा दशक बढि शिक्षण पेशामा समेत आवद्ध उनी सामाजिक विकृति, विसंगती, भेद्भाव, अन्याय अत्याचारका विरुद्ध सदावहार रूपमा लागिरहेका एक दरिलो पात्र हुन विश्वकर्मा ।

जनतामाझ सहजै घुलमिल हुने, सबैलाई सम्मानजनक र सम्मान व्यवहार गर्ने, स्वच्छ राजनैतिक छवि भएका विश्वकर्माले गत २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट निसीखोला गाउँपालिकाको वडा नं. २ मा वडा अध्यक्ष पदको उम्मेदवार भई विजय हासिल गरी एक सफल कार्यकाल समेत पूरा गरी जनतामाझ थप लोकप्रियता कमाउन सफल व्यक्तित्व हुन विश्वकर्मा ।

विकास निर्माणका कार्य, सामाजिक सदभाव कायम, विभिन्न प्राकृतिक प्रकोप एवं विपत्ति परेका बेला तत्काल जनताको सारथी बन्ने विश्वकर्मा एक कुशल राजनितिक व्यक्तित्वका रुपमा स्थापित छन् ।

जनतालाई आपत विपत पर्दा, प्राकृतिक प्रकोप होस् या मानवीय क्षतिका घटना, जनताको खुशियाली उत्सव होस् या चाडपर्व सधै‌ जनतासँगै रहने विश्वकर्मालाई निसीखोला वडा नं. २ का बालबालिकादेखि बृद्धाबृद्धसम्म चिन्छन् ।

५ वर्षे कार्यकालका मुख्य उपलब्धी
१. आपूले अध्यापन गर्दा गहुँको छ्वालीले छाएको छाप्रोमा विद्यार्थीहरुलाई पढाउँदाका पिडा बुझेका उनी हाल निसीखोला गाउँपालिका वडा नं. २ का ७ वटै विद्यालयमा वडाको बजेट, संघ र प्रदेशको बजेट , कर्मफ्लाइट फाउण्डेशन, एजुटेक नेपाल लगायतका गैर सरकारी संस्थाहरुसँगको साझेदारीमा पक्की भवनहरुको पहुँच पुर्याएको उनी बताउँछन् ।

२.उपल्लोबेंग्री, अर्नाकोट, बाहँुनगाउँ, पाखाथर लगायतका भौगोलिक हिसाबले वडा कार्यालयदेखि टाढा रहेका स्थानहरुमा मोटरबाटोको पहुँद, गोरेटोबाटो खानेपानीलगायतका सुविधा विस्तार गरेका छन् ।

३.खेलमैदान, सामुदायिक होमस्टे, विद्यालयमा कम्प्युुटर ल्याब, शौचालय, घेराबारलगायतका कार्य भएको भएका स्थानीयहरू बताउँछन् ।

४. व्यवसायीक प्रवद्र्धनका लागि सिलाइ कटाई, बाख्रा वितरण, लेयर्स कुखुरा पालनका लागि चल्ला वितरण लगायतका कार्य गरी कृषकहरूलाई आत्मनिर्भर बनाउने कुराको सुरुवात भएको छ ।

एक कार्यकाल अध्यक्षको रूपमा काम गरी सकेका विश्वकर्माका यी हुन् प्रतिबद्धता

– वडा नं. २ अन्तर्गत हाल सडकको पहुँच विस्तार भएका काल्नेचौर, तल्लोबेँग्री, उपल्लोबेंग्री, अर्नाकाट, सिंडेरी, बाहुनगाउँ, बायखोलालगायतका क्षेत्रमा निरन्तर चल्ने गरी सडक स्तरोन्नती गर्ने ।

– वडा नंं. २ मा मोटरेबल पुल, स्वास्थ्य चौकी निर्माण गर्ने तथा खानेपानी, विद्युत सेवामा समस्या रहित एवम् निरन्तर बनाउने ।

–निसीखोला २ का खाँडु, कान्छीबजार, जुग्जाखोलालगायतका बजारहरूमा सार्वजनिक प्रतिक्षालय निर्माण गर्ने, विभिन्न स्थानका गोरेटो बाटोहरुलाई व्यवस्थित गर्ने ।

–निसीखोला २ को सम्पूर्ण जनताहरूको अभिलेख राखी बालबालिका, युवा, बृद्धाबृद्धाको संख्या निकाली युवालाई रोजगारमूलक बनाउने एवं आयआर्जनसँग जोड्ने ।

–विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धिका लागि विभिन्न तालिम तथा योजना बनाई उच्चतम शैक्षिक उपलब्धी हासिल गर्ने ।
–कृषकहरूका लागि मल, उन्नत बिउ बिजन, तालिम तथा आवश्यक उपकरणहरूको व्यवस्था गरी कृषिमा आधुनिकीकरण र व्यवसायीकरण गरी अधिकतम रोजगारीको सिर्जना गरी तरकारी, अण्डा, मासुमा वडा नंं २ लाई आत्मनिर्भर गराउने ।

–खेदकुदको विकासका लागि वडा नं. २ स्थित विभिन्न क्लवहरूसँग समन्वय गरी खेलमैदानहरू व्यवस्थित गर्ने, खेल सामग्रीहरूको व्यवस्थापन गर्ने तथा खेलाडीहरूको क्षमता विकास एवं प्रोहत्साहनका लागि विभन्न कार्यक्रमहरू सञ्चालन गर्ने ।

– वडा नम्बर २ स्थित सहकारी संस्थाहरूलाई उत्पादनसँग जोडी जनताको आयस्तर बृद्धि गर्ने ।

–दलित, महिला, जनजाति, अपांगहरूका लागि क्षमता विकास तथा सामाजिक जनचेतना मुलक कार्यक्रम आयोजना गरी समता मुलक समाज निर्माण गर्ने ।

–सुन्दर र मनोरमको स्थान अर्नाकोट बराहथान परिसर व्यवस्थापन गरी खानेपानी, व्यवस्थित सडक, विद्युत आदिको व्यवस्था गरी भौतिक संरचनाहरू निर्माणसँग पर्यटकीय क्षेत्र एवं पिकनिक स्पटको रूपमा विकास गर्ने ।

–जनतालाई भ्रष्टाचार मुक्त, सुशासन, सामाजिक न्याय, सूचनाको सुनिश्चितता, विकास निर्माणका कार्यमा अधिकतम जनसहभागीता, पारदर्शिता जस्ता सुशासनका आधार स्तम्भ खडा गर्न ।

विश्वकर्मा संयुक्त बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट निसीखोला गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष पदका उम्मेदवार हुन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित