काठमाडौं । पुरानो गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । राष्ट्रपतिमा साझा उम्मेदवार तय गर्न पुरानो गठबन्धनका शीर्ष नेताको बैठक शुरु भएको हो ।
प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस, एकीकृत समाजवादी, जसपा लगायत दलका शीर्ष नेताहरु सहभागी छन् ।
बिहान पुराना दलका नेताहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पावर सेयरिङका विषयमा छलफल गरेका थिए । अहिले पुनः बैठक बसेर फाइनल निर्णय गर्ने दाबी गरेका छन् ।