टोपबहादुरजी यसरी फरार हुनुहोला भन्ने सोचेको थिइनँ : केपी ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आफ्ना पार्टीका नेता टोपबहादुर रायमाझी फरार होलान् भनेर आफूले नसोचको बताएका छन् ।

बिहीबार च्यासलस्थित पार्टी मुख्यालयमा केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू उपस्थित भएर कानुनलाई सघाउँछु भनेका रायमाझी फरार होलान् भनेर आफूले नसोचेको बताएका हुन् ।

प्रहरीले अभद्र व्यवहार गर्न खोज्यो, त्यसैले अदालतमै उपस्थित हुने विचार गरेँ भनेर उहाँले भन्नुभएको थियो भन्ने सुनेँ । हामीले सचिवालय बैठकबाट कानुनलाई सघाउँछु भनेर राम्रो गर्नुभएको थियो । तर, बीचमा तपाईंले कानुनलाई सघाएको देखिएन, फरार भएको देखियो । अब तपाईं आफू कानुनसमक्ष प्रस्तुत हुनुस्, प्रहरीमा हाजिर हुनुस् र सामना गर्नु भनेका छौँ, उनले भने, टोपबहादुरजी बाहिर यसरी जानुहुन्छ भन्ने सोचेको थिइनँ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित