कस्ता प्रयोगकर्ताले पाउँछन् ई–सिम

केही महिनादेखि नेपालमा पनि चर्चामा रहेको ई(सिम चाँडै नै नेपाल टेलिकमले प्रचलनमा ल्याउने भएको छ । विश्वका केही देशमा ईसिमको प्रयोग सुरु भइसकेको छ ।

विभिन्न मोबाइल उत्पादक कम्पनीले ईसिम पनि सपोर्ट गर्ने डिभाइस बजारमा निरन्तर ल्याइरहेका छन् । एप्पल त ईसिमलाई नै लक्षित गर्दै आईफोन उत्पादन गर्ने तयारीमा छ ।

त्यस्तै सार्वजनिक हुन लागेको एन्ड्रोइड १३ मा मल्टिपल इनेबल्ड प्रोफाइल (एमईपी) फिचर उपलब्ध हुने भएको छ । यसअन्तर्गत एउटै ईसिममा दुई फरक नेटवर्क (कम्पनी) को सेवा लिन सकिन्छ ।

यसरी मोबाइल उत्पादकसँगै अपरेटिङ सिस्टम र टेलिकम सेवा प्रदायकले ईसिम सुविधा दिन थालेका छन् । हालै नेपालमा पहिलो पटक ईसिम सेवा उपलब्ध गराउन नेपाल टेलिकमले मोन्टी युके ग्लोबलबीच सम्झौता गरेको छ । मोन्टी युके ग्लोबलले टेलिकमका ग्राहकहरुलाई ई(सिम सेवा उपलब्ध गराउनका लागि आवश्यक प्लेटफर्म उपलब्ध गराउने छ ।

ईसिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ईसिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसका लागि ई(सिम सपोर्ट गर्ने डिभाइस आवश्यक हुन्छ ।

यसबाट फोन गर्ने र डेटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ । ई(सिम प्रयोगमा आएपश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन ।

मोबाइल सेटबाहेक ईसिमलाई अन्य डिभाइस तथा स्मार्टवाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसमा समेत प्रयोग गर्न सकिन्छ ।

हालका सबै प्रयोगकर्ताले ईसिम प्रयोग गर्नसक्ने छन् भने नयाँ प्रयोगकर्ताले समेत ई(सिम लिनसक्ने टेलिकमले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित