पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौं । पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। लु २ ख ४५२५ नम्बरको टिपर गएराति दुर्घटनामा परेको हो।

माथागढी गाउँपालिका–७ रहबासमा भएको दुर्घटनामा तीन जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी होमप्रकाश चौधरीले जानकारी दिए ।

मृत्यु हुनेमा तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदी, अर्घाखाँचीको शीतगङ्गा-४ सिद्धाराका चालक २६ वर्षीय चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देहीको देवदह-२ खैरेनीका २६ वर्षीय सुनिल नेपाली रहेका छन्।

डीएसपी होमप्रकाश चौधरीका अनुसार शनिबार साँझ साढे ६ बजेतिर झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गर्दा खाली टिपर सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो।

‘दुर्घटनामा तीन जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो,’ चौधरीले भने।

दुर्घटनामा गम्भीर घाइते भएका तानसेन –१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको चौधरीले बताए।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित