नयाँ वर्ष …

अब आउँदा नयाँ भएर आउ

दार्चुलाको लिपुलेक तिर आउ
सुस्ता र उपल्लो मुस्ताङ तिर आउ
जुम्लाको स्याउबारी तिर आउ
मेचीको मकैघारी तिर आउ
मधेसको तोरीबारी तिर आउ

कहिलेकाही बाटो बिराएरै भएनी
खाडीकाे मरभूमि तिर जाउ
खाडीजादै गरेकाहरूकाे घर तिर जाउ
कालापानी र मुगलानतिर जाउ
चाैकीदारीमा कहलिएका गाेरखा गल्लीतिर जाउँ
मुम्बई र दिल्लीका काेठीतिर जाउ

कहिले कसाे
किसानकाे मल र बीउ बनेर आउ
अतिबृश्ति र अनाबृश्तिबात जोगिन
सिंचाइको कुलो बनेर आउ
परल मूल्यमात्रै उठने गरि भएनी
बस्तुभाउकाे ग्राहक बनेर आउ

यदाकता झुक्किएर
तुईनबाट खस्नेहरुका लागि आउ
आफ्नै जमिन खोज्दा
सिमामा मर्नेहरुका लागि आउ
निर्मलाहरुका लागि आउ
निराकरहरुका लागि आउ

नयाँ बर्ष
अब आउँदा नयाँ भएर आउ ।

-अशाेक शेरचन, सिईआे,प्रभु बैंक

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित