एमाले महाधिवेशन : नेतृत्व चयन गर्न आजदेखि भृकुटीमण्डपमा बन्दसत्र

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज (आइतबार) देखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सञ्चालन हुँदै छ। शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको एमाले महाधिवेशनको बन्दसत्र भने काठमाडौंमा आज र भोलि सञ्चालन गरिने भएको हो।

अहिले बिहान ८ बजे बन्दसत्र सुरु गर्ने तयारी एमालेले गरेको छ। यसपटक अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेतृत्वमा चुनौती दिँदै छन्। यद्यपि बन्दसत्र सुरु हुनै लाग्दा पनि दुवै पक्षले प्यानल घोषणा गरिसकेका छैनन्।

अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका पोखरेललाई पार्टीका पूर्वउपाध्यक्षसमेत रहेकी पूर्वराष्ट्रपति विद्या भण्डारी पक्षको समर्थन छ। यो प्यानल ईश्वर विद्याका रूपमा घोषणा गरिने चर्चा यस अघिदेखि नै भइरहेको छ।

आजदेखि २ हजार २ सय ६२ जना महाधिवेशन प्रतिनिधि पार्टीको नयाँ नेतृत्व चयन प्रक्रियामा सहभागी हुँदै छन्।

एमालेमा अहिले अध्यक्षसहित १५ पदाधिकारी रहने व्यवस्था छ। जसअनुसार अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव रहनेछन्। सबै गरेर एमाले केन्द्रीय कमिटी २ सय ५१ सदस्यीय हुनेछ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित