जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूको विषयमा सेनाले दियो रिपोर्ट, को-कसरी मारिए ?

काठमाडौं । नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा मारिएका ७६ जनामध्ये ४१ जनालाई अन्यको सूचीमा राख्दै उनीहरूको मृत्युको कारणमा प्रश्न उठाएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयले शुक्रबार पत्रकार सम्मेलन गरी चैत २३ र २४ गतेको घटनाको विस्तृत शब्दचित्र सार्वजनिक गरेको हो । जसमा २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी र १० जना कैदीको ज्यान गएको उल्लेख छ । ४१ जनालाई भने अन्य भनिएको छ । उनीहरू कोबाट मारिए भन्ने प्रश्न समेत उठेको छ ।

जेनजी आन्दोलनका क्रममा प्रहरीको गोलीबाट २२ जनाको मृत्यु हुँदा जेलबाट भाग्ने क्रममा १० जना कैदी बन्दी मारिएको विवरण सेनाले सार्वजनिक गरेको हो । आन्दोलनकारीबाट मारिएका ३ जना प्रहरीबाहेक अन्य ४१ जना भने लुटपाट र आगजनी तथा आफैंले लगाएको आगो सल्किएर मृत्यु भएको हुनसक्ने आशंका छ ।

भाटभटेनीमा जल्ने तथा विभिन्न व्यक्तिका घरमा आगजनीका क्रममा जलेकाहरूलाई सेनाले अन्यको सूचीमा राखेको हो । सेनाले ९७८ हतियार लुटिएकोमा ५८६ बरामद र फिर्ता भएको समेत विवरण सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले आन्दोलनको क्रममा २२ प्रदर्शनकारीको ज्यान गएको तथ्यांक सार्वजनिक गरेका हुन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित