‘एमएडब्लू’को ठगी धन्दा : ग्राहकलाई नयाँ भन्दै पुरानो बाइक बेचेको पुष्टि

काठमाडौं । नेपालमा यामाहा मोटरसाइकलको बिक्री वितरण गर्ने मोरङ अटो वर्क्स (एमएडब्लू)ले उपभोक्तालाई नयाँ बाइक भनेर पुरानो मोटरसाइकल बेचेको पुष्टि भएको छ । नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू र कम्पनीका डिलरले उपभोक्तालाई ठगी गरेको पुष्टि उपभोक्ता अदालतले गरेको हो ।

यामाहा मोटरसाइकल बिक्री गर्ने कम्पनी एमएडब्लू नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष विष्णु अग्रवालको कम्पनी हो । यसरी निजी क्षेत्रको प्रतिष्ठित संगठनको अध्यक्ष भइसकेका व्यक्तिको कम्पनीले नै उपभोक्ता ठगी गरेको पुष्टि भएपछि व्यवसायीलाई हेर्ने सर्वसाधारणको नजर परिवर्तन हुने सम्भावना बढेको छ ।

उपभोक्ता अदालतले एमएडब्लूलाई ३ लाख ९३ हजार रुपैयाँ सम्बन्धित पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएसँगै कम्पनीको ठगी धन्धा पनि उजागर भएको छ ।

यामाहा कम्पनीको मोटरसाइकल बिक्री गर्ने काठमाडौंस्थित जीआरएस टु ह्विलर्स अटो प्राइभेट लिमिटेड र एमएडब्लू प्राइभेट लिमिटेडविरुद्ध उपभोक्ता अदालतले ऐतिहासिक फैसला सुनाउँदै पीडित उपभोक्ता नानीकाजी खड्कालाई ३ लाख ९३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश गरेको छ । अदालतको क्षतिपूर्ति भराउने निर्णय पुरानो मोडेललाई नयाँ मोडेल भन्दै बिक्री गर्ने जिआरएस टु ह्विलर्स अटो प्रालिको ठगी कार्यलाई दिइएको सजाय हो ।

यस्तो छ अदालतको फैसला 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित