सांस्कृतिक संस्थानमा गाईजात्राको रौनक

काठमाडौं । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमलमा ‘गाईजात्रा महोत्सव २०८२’ जारी छ। गाईजात्राको अवसरमा प्राचीन परम्परा र समसामयिक विकृतिमाथि प्रहसनमार्फत व्यङ्ग्य गर्न संस्थानले महोत्सव आयोजना गरिएको हो।

महोत्सवमा पुरानादेखि नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरूले हरेक दिन दर्शकलाई मनोरञ्जन प्रदान गरिरहेका छन्। सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले कवितामार्फत व्यङ्ग्य प्रस्तुत गरिरहेका छन् भने भरतमणि पौडेल र सुमन कोइराला ‘घरबेटी र डेरावाल’ को भूमिकाले दर्शकबाट वाहवाही बटुलिरहेको छ।

यसैगरी, दिनेश काफ्ले ‘हाउडे दाइ’ र खड्गबहादुर पुन ‘खबपु’ले ‘अलपत्र’, हिमेश पन्त र सुजिता श्रेष्ठले ‘नर्क’ तथा विकास अर्याल र सरोज भण्डारीले ‘किसमिसको हमला’ तथा गाईजात्रामा सुरेन्द्र केसी ‘मुला साग’ र शिवशङ्कर रिजाल ‘जोगिन्दर’ले ‘प्राइभेट प्रहरी चौकी’ शीर्षकमा प्रहसन प्रस्तुत गरिरहेका छन्।

सन्तोष थापा र कैलाश कार्कीको ‘माइतीघर’ तथा सुयशा खनालको ‘अभिभावक र बालबालिका’ लगायतका प्रस्तुति पनि महोत्सवका आकर्षण बनेका छन्। कार्यक्रमको उद्घोषण राजा राजेन्द्र पोख्रेलले गरेका छन्। यसका अलावा संस्थानकै अन्य कलाकारहरूले पनि आफ्ना प्रस्तुति दिइरहेका छन्।

साउन २४ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गरेको यो महोत्सव साउन ३१ गतेसम्म चल्नेछ।

संस्थानको जमलस्थित मेगा प्रेक्षालयमा हरेक दिन साँझ ५ बजे र शुक्रबार तथा शनिबार बेलुका ४ बजे कार्यक्रम प्रदर्शन भइरहेको छ। महोत्सवको टिकट संस्थानको कार्यालयबाट भौतिक रूपमा वा ईसेवा तथा संस्थानको आधिकारिक वेबसाइटमार्फत अनलाइन खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ।

सामाजिक सुरक्षा कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँगको सहकार्यमा आयोजित यस महोत्सवको फुड पार्टनरका रूपमा ‘मौलिक भान्छाघर’ रहेको छ, जहाँ सातै प्रदेशका रैथाने परिकारको स्वाद लिन सकिन्छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित