काठमाडौं । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा प्रकाश पौडेल र डा. सुजन कडरियाबीच प्रतिस्पर्धा हुने भएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको हलमा जारी महाधिवेशनमा अध्यक्षमा पौडेल र कडरियाले उम्मेदवारी दर्ता गरेर चुनावी मैदानमा उत्रिएका हुन् । यस्तै, खुला उपाध्यक्षमा पाँच जनाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षका लागि विकाश श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, धर्मेन्द्र केसी र गणेशबहादुर शाही मैदानमा छन् ।
महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना शिवाकोटी, भवानी बजगाईं र आरती भट्टराईले उम्मेदवारी दिएका छन् । महासचिवमा भने दीपक धामी, आर के रोमश र सुनिल कँडेलबीच प्रतिस्वर्धा हुनेछ । एक उपमहासचिवका लागि प्रेमिका शाही, कमल जोशी र अमरबहादुर शाहीले उम्मेदवारी दिएका छन् ।
यस्तै, चार सचिवका लागि ३६ जना चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचन कमिटीले सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भीक सूची अनुसार सचिवमा सबैभन्दा धेरैले उम्मेदवारी दिएका छन् । सचिवका लागि आकाश घर्ती, रक्षा बम, रेखा न्यौपाने, सौगात ढकालसहित ३६ जना प्रतिस्पर्धामा उत्रिएका छन् ।











































