कारको ठक्करबाट मर्निङवाकमा निस्किएका दुई महिलाको मृत्यु

कापिलवस्तु । कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। शुक्रबार बिहान कपिलवस्तुको बुद्धभूमि नगरपालिका १ वसन्तपुरमा एउटा कारले ठक्कर दिँदा दुई महिलाको मृत्यु भएको हो।

सवेरै मर्निङवाकका लागि निस्किएका बुद्धभूमि १ गोरुसिंगेका ६० वर्षीय शान्ता खत्री र ६५ वर्षीय तिलकुमारी रायमाझीलाई कारले ठक्कर दिएको थियो।

इलाका प्रहरी कार्यालय गोरुसिंगेका अनुसार कपिलवस्तु र अर्घाखाँचीको सिमाक्षेत्र पत्थर कोटबाट गोरुसिंगेतर्फ गइरहेको बिएबी ९५९९ नम्बरको कारले बसन्तपुरमा उनीहरुलाई ठक्कर दिएको थियो।

विहानै ६ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनाको उपचाको लागि जिल्ला अस्पताल तौलिहवातर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए।

प्रहरीका अनुसार उनीहरु हरेक बिहान साढे ४ बजेतिर मर्निङवाकमा निस्किने गर्दथे। शुक्रबार विहानै परिवारसहित कुल पूजाबाट फर्किएको गाडीले उनीहरुलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले कार चालक रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ५ का ३२ वर्षीय खिमराज श्रेष्ठलाई नियन्त्रणमा लिएको छ।

प्रहरी नियन्त्रणमा रहेका चालक श्रेष्ठले महिलाहरुले सडक पार गर्ने क्रममा बीचमा गएर अलमलमा परेको र कार तिव्र गतीमा भएको कारण दुर्घटना भएको बताएका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित