निर्माण व्यवसायी आन्दोलनमा, बालुवाटारमा धर्ना

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ सरकारले आर्थिक वर्ष सकिँदा पनि ठूलो रकम भुक्तान नगरेको भन्दै आन्दोलनमा उत्रिएको छ। रकम निकासको मागसहित धर्ना र विरोधका कार्यक्रम गर्दै आएको महासंघले आज बिहान प्रधानमन्त्रीको सरकारी निवास अघि धर्ना दिएका हुन्। रकम भुक्तान माग र म्याद थप सम्बन्धी निर्णयको विरोधमा व्यवसायीहरू सेफ्टी हेल्मेटसहित एक घण्टा धर्नामा सहभागि भए। यसअघि माइतीघर मण्डलासहितका स्थानमा धर्नामा बसेका उनीहरुले व्यवसायीले विभिन्न समस्या झेल्नुपरिरहेको गुनासो गरेका छन्।

महासंघका अध्यक्ष रवि सिंहले राज्यको गैरजिम्मेवारपनका कारण महासंघले बाध्य भएर आन्दोलन गर्नु परेको बताए। म्याद थप,भुक्तानीका बारेमा महासंघले गत फागुनदेखि नै सरकारका सबै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा आएपनि कुनै सुनुवाइ नभएपछि आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको अध्यक्ष सिंहले बताए।

२०८० असार २१ मा म्याद थपको अमूर्त सूचना प्रकाशित गरिएको भन्दै त्यसलाई नमान्ने जनाउँदै आएका छन्। विगत एक वर्षमा वर्षा, क्रसर बन्द, महँगी,निर्वाचन,भुक्तानी अभावलगायतका कारणले काम हुन नसकेको जनाउँदै निर्माण व्यवसायी महासंघले सबै आयोजनाहरूको एकमुष्ट २०८१ असार मसान्तसम्म म्याद थप हुनुपर्ने माग गर्दै आएका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित